Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दुर्गा प्रसाईंका कार्यकर्ताद्वारा एनआईएमबी बैंकका सहायक म्यानेजरमाथि अभद्र व्यवहार

झापा। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का सहायक म्यानेजरमाथि दुर्गा प्रसाईंका समर्थकले अभद्र व्यवहार गरेका छन्।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक झापाका सहायक म्यानेजर दिनेश पनेरुमाथि प्रसाईंका समर्थकले अभद्र व्यवहार गरेका हुन् ।

लोनको विषयबारे छलफल गर्नुपर्ने भन्दै प्रसाईं समर्थक देवी संग्रौलासहितको समूहले पनेरुलाई बैंकबाट जबरजस्ती बोलाएर एक चिया पसल पुर्‍याएका थिए ।

त्यहाँबाट समेत उनलाई झापास्थित प्रसाईंको अस्पताल बीएण्डसीमा लैजान खोज्दा नमानेपछि अभद्र व्यवहार गरेका थिए ।

सो घटनापछि प्रहरीले दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077