Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जाजरकोट पुगेका ओलीलाई जनार्दनले गरे स्वागत

सुर्खेत । मध्यपहाडी राजमार्गमा समृद्धिका संकल्प यात्राको क्रममा नेकपा एमालेको टोलीलाई माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जाजरकोटमा स्वागत गरेका छन् ।

मंगलबार सुर्खेतबाट भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमतर्फ गएको टोलीलाई रिम्ना भन्ने ठाउँमा उपमहासचिव शर्माले स्वागत गरेका हुन्।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको टोलीलाई स्वागत गर्दै शर्माले भूकम्प प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी समेत गराएका छन् ।

उनले एमालेको शीर्ष नेतृत्व नै संकल्प यात्राका क्रममा सो क्षेत्रमा आएकोमा अध्यक्ष ओलीलाई धन्यवाद दिए । रिम्ना जाजरकोट र रुकुम पश्चिमको सिमानामा पर्छ।

शर्मा एमालेले बनाएको स्वागत गेटमै पुगेका थिए । उनी भूकम्पपछि गृहजिल्लामै छन् । ओलीले दुवै जिल्लाका भुकम्प प्रभावितहरुको अवस्था बुझ्दैछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077