Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यु-१९ एसिया कप खेल्न जाने क्रिकेट टोलीलाई बिदाई, भारत र पाकिस्तानलाई हराउने लक्ष्य

काठमाडौं । यु-१९ एसिया कप क्रिकेट खेल्न जाने राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई बिदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलगायत क्यानका पदाधिकारीले राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई बिदाई गरेका हुन् ।

कार्यक्रममा मन्त्री लिम्बुले टिम कप्तान देव खनाललाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए। कप्तान देव खनालले तयारी राम्रो रहेको उल्लेख गर्दै सक्दो नतिजाका लागि कोसिस गर्ने बताए। उनले सम्पूर्ण टिम खेलका लागि उत्साहित रहेको र राम्रो नजिता आउने विश्वास व्यक्त गरे ।

त्यस्तै मुख्य प्रशिक्षक जगत टमाटाले प्रतियोगिताका लागि टिमले राम्रो तयारी गरेको बताए। आफ्नो समूहमा अफगानिस्तान, भारत, पाकिस्तान रहनु चुनौती भए पनि राम्रो खेल खेलेर जित हासिल गर्ने उनले बताए।

नेपाली टिम बुधबार युएई प्रस्थान गर्नेछ। आगामी शुक्रबारदेखि पुस १ गतेसम्म यूएईमा चल्ने प्रतियोगितामा नेपाल समूह एमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077