Online Nepal
  • बुधबार, २१ साउन २०८२
  • हमासले इजरायलमाथि आक्रमणका क्रममा महिलालाई बलात्कार गरेको खुलासा

    हमासले इजरायलमाथि आक्रमणका क्रममा महिलालाई बलात्कार गरेको खुलासा

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । गत अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्ने क्रममा माहिलालाई बलात्कार तथा यौन हिंसा गरेको खुलासा भएको छ ।

    आक्रमणमा मारिएका व्यक्तिहरुको शव संकलनका काममा संलग्न व्यक्तिहरुको बयानका आधारमा हमासको यो कर्तुत उजागर भएको हो ।



    सोही दिन इजरायलको नोभा संगीत समारोहमा उपस्थित महिलालाई हमासका लडाकुहरुले सामुहिक बलात्कार गर्नुका साथै केहीलाई अंगभंग र यौन हिंसा गरेको खुलासा भएको हो ।

    आक्रमणका दिन खिचिएको दृश्यमा रगतले लतपतिएका महिलाका नांगो शरीर र अंगभंग गरिएको देखिएको छ । प्रहरीले इजरायलका सञ्चारकर्मीहरुलाई एक इजरायली महिलाको भिडियो सार्वजनिक समेत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार