Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नक्कली शरणार्थी प्रकरण

    पूर्वगृहमन्त्री खाँणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने

    पूर्वगृहमन्त्री खाँणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 450
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको विषयमा उच्च अदालत पाटनमा मंसिर २८ गते सुनुवाइ हुने भएको छ ।

    उच्च अदालत पाटनका अनुसार २८ गते एकल इजलासमा पेसी तोकिने भएको हो। बालकृष्ण खाणसँग धरौट माग गर्ने कि थुनामै पठाउने भन्ने सम्बन्धमा दुई उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो।



    पाण्डेले खाँणलाई ३० लाख धरौटीमा छाड्नुपर्छ र खरेलले थुनामै राख्नुपर्छ भन्ने राय दिएका थिए । मंसिर १५ गते शुक्रबार भएको आदेशमा उच्च अदालत पाटनले ९ जना प्रतिवादीको हकमा थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो ।



    त्यसैगरी ६ जना प्रतिवादीको हकमा थुनामै राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरी धरौटी माग गर्ने आदेश दिएको थियो ।

    अब बालकृष्णको हकमा तेस्रो न्यायाधीशको एकल इजलासमा सुनुवाइ हुन लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार