Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एनसेलको शेयर खरिद गर्न सरकारलाई योगेश भट्टराईको सुझाव

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एनसेलको शेयर खरिद गर्न सरकारलाई सुझाव दिएका छन् ।

संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन् ।

सचिव भट्टराईले भट्टराईले एनसेलको ८० प्रतिशत शेयर ६ अर्बमा बिक्री भएको कुरा शङ्कास्पद रहेको बताउँदै यदि कम्पनी टाट पल्टिएको हो भने बिक्री भएको भनिएको मूल्यमा ५० करोड थपेर सरकारले खरिद गर्नुपर्ने बताए ।

सचिव भट्टराईले भने, ‘यदि कम्पनी टाट पल्टेको छ भने ६ अर्ब हैन त्यसमा ५० करोड थपेर सरकारले नै किनौँ । त्यसलाई नेपाल टेलिकम मोडलमा सञ्चालन गरौँ । हाम्रा कानुन प्रस्ट छैनन् भने कानुन प्रस्ट बनाऔँ ।’

सचिव भट्टराईले एनसेल कम्पनीका लागि नेपालका बैंकले ४० अरब भन्दा बढी लगानी गरेको बताउँदै सो कम्पनीले यसरी शेयर बेच्दै आफू घाटामा भएको, डुबेको घोषणा गरे नेपालको बैंक डुब्ने र बैंक डुब्दा नेपाली जनता डुब्ने बताए ।

सचिव भट्टराईले भारतको भोडाफोनको विवादमा कानुन नभएकोले सरकारले पश्चदर्शी कानुन बनाएर लिनुपर्ने सबै रकम लिएको बताए । उनले अर्को निर्णय नभएसम्मका लागि एनसेलको शेयर बिक्री रोक्न सरकारलाई निर्देशन दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077