Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लोसपाले बोलायो मंसिर २४ र २५ गते केन्द्रीय समितिको बैठक

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बुधबार बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसेको शीर्ष नेताहरुको छलफलले मंसिर २४ र २५ गते काठमाडौँमा केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो ।

राष्ट्रिय सभाको चुनाव, केन्द्रीय समिति विस्तार, महाधिवेशन, भातृ संगठन गठन लगायतका बैठकमा छलफल हुनेछ ।

असोजमा केन्द्रीय समिति घोषणा भएपछि लोसपाको यो पहिलो बैठक हो । २०७८ मा जनता समाजवादी पार्टीबाट अलग भएर महन्थ ठाकुरले लोसपा नेपाल गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077