Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

पेरुका पूर्वराष्ट्रपति फुजिमोरी रिहा

एजेन्सी । पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी रिहा भएका छन् ।

मानवता विरुद्धको अपराधमा फुजिमोरीले २५ वर्षे जेल सजाय भोगिरहेका थिए ।

संवैधानिक अदालतले ‘तत्काल रिहा’ आदेश जारी गरेपछि उनी जेलमुक्त भएका हुन् ।

फुजिमोरी लिमाको एटे जिल्लास्थित बार्बाडिलो कारागारबाट बाहिर निस्किएका हुन्।

रिहाइपछि उनले परिवारका सदस्यहरू केइको र केन्जी फुजिमोरीले भेटेका थिए ।

केही समयअघि नेसनल पेनिटेन्शियरी इन्स्टिच्युटले सामाजिक सञ्जाल मार्फत उनको रिहाइको प्रक्रिया अगाडि बढेको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077