Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

त्रिभुवन विमानस्थलबाट फेरि १४ किलो सुन बरामद, एकजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित एकजना पक्राउ परेका छन् ।

फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं उत्रेका गोरखाका चन्द्र घलेलाई भन्सारले पक्राउ गरेको हो ।

भन्सार विभागका अनुसार उनले सुनको प्लेट बनाएर शरिरमा राखेर सुन ल्याएका थिए ।

उनीबाट बरामद भएको सुन आज जोखिने र त्यसको गुणस्तर परीक्षण गरिने बताइएको छ । उनी को हुन् र यो सुन कसको हो भन्नेबारे थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077