Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एनसेल प्रकरणको छानबिन गर्न बनाइएको समितिलाई निगरानीमा राख्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेल प्रकरणको छानबिन गर्न बनाइएको समितिमाथि निगरानीमा राख्नुपर्ने बताएका छन्।

शुक्रवार बसेको राज्य व्यवस्था समिति बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । एनसेल प्रकरणमा ठुलै भ्रष्टाचार भएको महामन्त्री थापाको दाबी छ।

महामन्त्री थापाले भने, ‘सरकारले बनाएको समितिले चोख्याउने व कारबाही के गर्छ भनेर यो समितिले नजिकबाट नियाल्नुपर्छ।’

महामन्त्री थापाले पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत समयमै पठाउनुपर्ने समेत बताए।

उनले सिंहदरबारमा प्रमुख प्रशासकीय अधिकृत खोज्न दैनिक ५० बढी पालिका अध्यक्ष धाउने गरेकाले उनीहरूको माग तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077