Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सन् २०२४ मा राष्ट्रपति पदमा पुनः लड्ने पुटिनको घोषणा

    सन् २०२४ मा राष्ट्रपति पदमा पुनः लड्ने पुटिनको घोषणा

    अनलाइन नेपाल
  • शनिबार, २३ मंसिर २०८०
  • 639
    SHARES

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा पुनः लड्ने घोषणा गरेका छन् ।

    पुटिनले यो घोषणा सैनिकहरूका लागि आयोजित क्रेमलिनको कार्यक्रममा गरेका हुन् । यससँगै सत्तामा दशकौँ पुरानो उनको पकडलाई सन् २०३० को दशकसम्म बढाउने अनुमति प्राप्त हुनेछ ।



    ७१ वर्षीय पुटिनले यो शताब्दीको शुरुदेखि नै रुसको नेतृत्व गरेका छन् ।



    उनले अहिलेसम्म चार राष्ट्रपतीय निर्वाचन जितेका छन् र करिब प्रतिपक्षी नै अस्तित्वहीन भएको प्रणालीमा केही समयका लागि प्रधानमन्त्रीसमेत बनेका छन् । निर्वाचन आगामी मार्च १५ देखि १७ सम्म हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार