Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ : ओली आज नुवाकोट जाँदै

    एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ : ओली आज नुवाकोट जाँदै

    अनलाइन नेपाल
  • शनिबार, २३ मंसिर २०८०
  • 708
    SHARES

    काठमाडौं । नेकपा एमालेले सुरु गरेको संकल्प यात्राको क्रममा शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली नुवाकोट जाँदैछन् ।

    नेकपा एमाले जिल्ला कमिटीको आयोजनामा हुने सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली नुवाकोटको बट्टार बजार पुग्न लागेका हुन् । सभाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।



    ओली नुवाकोट जाने भएपछि सदरमुकाम बिदुरमा पार्टीको झण्डा र स्वागत गेटले सिंगारिएको छ । सभाको तयारीको लागि एमाले स्थायी कमिटी सदस्य बागमती प्रदेश इन्चार्ज गुरु बराल, पोलिटव्यूरो सदस्य तथा नुवाकोट इन्चार्ज अरुण नेपाल शुक्रबारनै नुवाकोट पुगेका छन् ।



    एमाले अध्यक्ष ओलीले नुवाकोट दरबार र पृथ्वीनारायण शाहको शालिकस्थल देविघाट पनि अवलोकन गर्ने कार्यतालिका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार