Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सिरहामा ट्र्याक्टर पल्टिँदा काका-भतिजाको मृत्यु

सिरहा। सिरहामा ट्र्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

खेत जोतेर फर्किने क्रममा गागन नदीको तटबन्धबाट स १ त ७४५८ नम्बरको ट्र्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु भएको हो।

मृत्यु हुनेमाऔरही गाउपालिका‌ २ तुलसीपुरका ४० वर्षीय सुरेन्द्र यादव र उनकै भतिजा ७ वर्षीय चन्दन यादव छन्।

ट्र्याक्टरको ईन्जिनमा च्याम्पिएर उनी दुवै जनाको मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ। ट्र्याक्टरमै चढेका रञ्जन यादव घाइते भएका छन् ।

दुर्घटनापछि प्रहरीले घटनास्थलमा मुचुल्का तयार पारी मृतक काका–भतिजाको शव पोस्टमार्टमका लागि सिरहा प्रादेशिक अस्पताल लगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077