Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एरियल-एक्सन फिल्म ‘फाइटर’को टिजर सार्वजनिक

    एरियल-एक्सन फिल्म ‘फाइटर’को टिजर सार्वजनिक

    अनलाइन नेपाल
  • शनिबार, २३ मंसिर २०८०
  • 726
    SHARES

    एजेन्सी । फिल्म निर्देशका सिद्धार्थ आनन्दको नयाँ फिल्म ‘फाइटर’को टिजर सार्वजनिक भएको छ ।

    फिल्ममा ऋतिक रोशन, दीपिका पादुकोण, अनिल कपुरको शीर्ष भूमिका छ । यो एक एक्सन फिल्म हो जसमा दीपिका र ऋतिक स्क्वाड्रन लिडर बनेका छन् । फिल्ममा अनिलले ग्रुप क्याप्टेन शमशेर पठानियाको भूमिका निर्वाह गरेका छन् ।



    अनिल अहिले फिल्म ‘एनिमल’का कारण पनि चर्चामा छन् । यसमा रणवीर कपुरको बुवाको भूमिकामा उनलाई निकै रुचाइएको छ ।



    ‘फाइटर’ को बजेट करिब २५० करोड भारु छ र यो फिल्म माघ ११ गते २५ जनवरी २०२४ मा भारतीय स्वतन्त्रता दिवसको अवसरमा रिलिज हुनेछ ।

    ‘फाइटर’को कथा लडाकु विमानको वरिपरि घुमेको छ । ‘फाइटर’ भारतको पहिलो एरियल एक्सन फिल्म भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार