Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कस्टडीमा रहेका आर्यनलाई ऋतिक रोशनको पत्र, ‘तिमीले अँध्यारोबाट गुज्रिनुपर्नेछ’

    कस्टडीमा रहेका आर्यनलाई ऋतिक रोशनको पत्र, ‘तिमीले अँध्यारोबाट गुज्रिनुपर्नेछ’

    अनलाइन नेपाल
  • बिहिबार, २१ असोज २०७८
  • 2K
    SHARES

    एजेन्सी – बलिउड नायक शाहरुख खानका छोरा आर्यन खान एनसीबीको हिरासतमा छन्। उनलाई मुम्बईको क्रुज पार्टीमा छापा मारी प,क्राउ गरिएको थियो। उनलाई एनसीबीले आज अदालतमा पेश गर्दैछ।

    आर्यनका वकिलले आज उनको जमानतका लागि अदालतसमक्ष अपिल गर्नेछन्। आर्यन पक्राउ परेपछि उनको समर्थनमा शाहरुखका फ्यानदेखि बलिउडकर्मी अगाडि आएका छन्।



    यसैबिच, बलिउड नायक ऋतिक रोशनले आर्यनलाई सामाजिक संजालबाट एक पत्र लेख्दै जीवन एउटा अनौठो यात्रा भएको उल्लेख गरेका छन्। ऋतिकले लेखेका छन्, ‘प्रिय आर्यन, जीवन एउटा अनौठो यात्रा हो। यो महान् छ किनकी यो अनिश्चित छ।



    यो ठूलो यसकारण छ कि, यसले तिमीलाई कहिलेकाही घुमाउरो बल फ्याक्ने गर्दछ तर भगवान दयालु छन्। उनले सबैभन्दा कठिन व्यक्तिहरुलाई खेल्नका लागि कठिन बल दिने गर्दछन्। यो कठिन खेल खेल्नका लागि भगवान्ले तिमीलाई रोज्नुको कारण यसको दबाब महशुश गर्न तिमी सक्षम छौं भन्ने हो।’

    ऋतिकले अब यो कुरा महशुश गर्न आर्यन सक्षम भएको पनि उल्लेख गरेका छन्। उनले अगाडि लेखेका छन्, ‘क्रो,ध, भ्र,म, असाहयता लगायतका कुराहरुले तिमी भित्र रहेको हिरोलाई बाहिर ल्याउन मद्दत गर्छन्। तर, होसियार रहनुपर्छ। किनकी, ती कुराहरुले तिमी भित्रको राम्रो कुरालाई पनि ज,ला,उन सक्छन्। कुन कुरालाई आफू भित्र राख्ने र कुन कुरालाई बाहिर फाल्ने भन्ने कुराको अनुभव तिमी आफैले गर्न जरुरी छ।’

    ‘म तिमीलाई एक बच्चाको रुपमा चिन्छु र एक मानिसको रुपमा जान्दछु। आज तिमीले जे कुरा पनि अनुभव गर्छौ, त्यसको मालिक तिमी नै हौं। समयले तिमीलाई हरेक विन्दुसँग जोड्ने काम गर्दछु। मलाई विश्वास गर, तिमीले यी कुराहरु विस्तारै संझनेछौं। यो समय तिम्रो लागि एउटा निर्माता हो,’ उनले लेखेका छन्, ‘अब, यो समय तिमीसँगै एउटा उज्यालो घाम जसरी चम्किँदैछ। तर, यसका लागि तिमीले अध्यारोबाट गुज्रिनुपर्नेछ। तर पनि शान्त रहनु। किनकी, उज्यालोमाथि भरोसा गर। यो तिमी भित्रै हुनेछ। म तिमीलाई धेरै प्रेम गर्छु।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार