Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसीसी यू–१९ प्रिमियर कप : बंगलादेशले युएईलाई दियो २२९ रनको लक्ष्य

काठमाडौं । एसीसी यू-१९ एसिया कपमा बंगलादेशले युएईलाई २२९ रनको लक्ष्य दिएको छ।

युएईको दुबईस्थित आइसिसी एकेडेमीको ओभल-२ मा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९.३ ओभरमा सबै विकेट गुमाएर २२८ रन बनाएको हो।

बंगलादेशका लागि ओपनर अशिकर रहमन शिब्लीले सर्वाधिक ७१ रन बनाए। उनले १०२ बलमा ३ चौका र १ छक्का हाने।

अर्का ओपनर जिसन आलमले ५६ बलमा ५ चौका प्रहार गरी ४२ रन बनाए। अरिफुल अश्लामले २२, इक्बाल हुसेनले १८ र कप्तान चौधुर रिजवान र रफी उजमानले १२/१२ रन ‍जोडे।

बलिङमा युएईका ध्रुव परासरले ६ विकेट लिए। त्यस्तै आयान अफ्जल खानले २ तथा अम्मर बदामी र हार्दिक पाइले १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077