Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसीसी यू-१९ एसिया कप : जापानमाथि श्रीलंकाको सहज जित

काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटमा श्रीलंकाले जापानमाथि सहज जित निकालेको छ।

युएईको आइसिसी एकेडेमी ओभल-२ मा भएको खेलमा ७५ रन बनाएर अल आउट भएको जापानमाथि श्रीलंकाले ७ विकेटको सहज जित हात पारेको हो।

श्रीलंकाले १२.२ ओभर खेलेर जापानविरुद्ध ७६ रनको लक्ष्य पूरा गरेको हो। उसले सो अवधिमा तीन विकेट गुमाएको थियो। श्रीलंकाका लागि कप्तान सिनेथ जयवर्द्धनेले नटआउट २६ र दिनुरा कलुपहानाले नटआउट ६ रन जोडे।

त्यसअघि रसुन्डा गमेजले १८ रन ओपनर पुलिन्दु पेरेराले १३ रन र हिरुन कपुरूबन्दराले ३ रन जोडे। बलिङतर्फ जापानका केइफर लेकले २ र कजुमा कतोले १ विकेट लिए।

त्यसअघि टस जितेको श्रीलंकाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जापानले ३०.३ ओभरमा अल आउट हुँदै ७५ रन बनाएको थियो।जापानका लागि चार्लेस हिन्जेले ३६ रन बनाए, कप्तान कोजी आबेले १९ रन र केइफर लेकले १० रनमात्रै बनाए।

पाँच जना ब्याटर शून्य रनमै आउट भए भने दुईजनाले २/२ रन बनाए। जितसँगै श्रीलंकाले जारी यू-१९ कपमा सुखद सुरूवात गरेको छ। समूह ‘ए’ बाट भारत र पाकिस्तान आइतबारको खेलमा विजयी भएका थिए। समूह ‘बी’ को अर्को खेल बंगलादेश र श्रीलंका खेलिरहेका छन्।

नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छ भने समूह ‘बी’मा श्रीलंका, युएई, बंगलादेश र जापान छन्।दुई समूहका शीर्ष दुई/दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। सेमिफाइनल जित्ने दुई टिमले पुस १ गते फाइनल खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077