Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सङ्कल्प यात्रालाई सहयोग गर्न पहिचानवादीलाई एमालेको आग्रह

    सङ्कल्प यात्रालाई सहयोग गर्न पहिचानवादीलाई एमालेको आग्रह

    अनलाइन नेपाल
  • शनिबार, २३ मंसिर २०८०
  • 651
    SHARES

    विराटनगर । नेकपा एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रालाई अवरोध नगर्न नेकपा एमालेले पहिचानवादीलाई आग्रह गरेको छ ।

    एमाले प्रसार तथा प्रकाशन विभाग कोशी प्रदेशले पत्रकार सम्मेलन गर्दै यस्तो आग्रह गरेको हो । पत्रकार सम्मेलनमा संकल्पयात्रा पहिचावादी लक्षित नभएको भन्दै बन्द हड्ताल फिर्ता गर्न एमालेले आग्रह गरेको छ ।



    संकल्प यात्रा मंसिर २६ गतेदेखि कोशी प्रदेश प्रवेश गर्दैछ । कोशी प्रदेशमा पहिचान पक्षधरले एमालेको अभियानलाई लक्षित गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।



    एमालेले पूर्वनिर्धारित कार्यतालिका अनुसार तीन हप्ते कार्यक्रम गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा शुरु भएको केन्द्रीय सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठले बताए ।

    इन्चार्ज महासेठले पूर्वनिर्धारित कार्यक्रम भएकाले कोशी प्रदेश नामकरणको विषयलाई लिएर अभियानलाई अवरोध नगर्न आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार