Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुबिसु इन्टरनेटका हजारौं ग्राहकको डाटा चोरी , कम्पनीको चरम लापरबाही

    सुबिसु इन्टरनेटका हजारौं ग्राहकको डाटा चोरी , कम्पनीको चरम लापरबाही

    अनलाइन नेपाल
  • शनिबार, २३ मंसिर २०८०
  • 753
    SHARES

    काठमाडौं । कम्पनीको चरम लापरबाहीका कारण सुबिसु इन्टरनेटका हजारौं ग्राहकको डाटा चोरी भएको छ ।

    कम्पनीको वेभसाइटबाटै मोबाइल नम्बरसहितको डाटा चोरी भएको हो ।



    यसरी डाटा चोरी गर्ने रिषभ घिसिङलाई प्रहरीले पक्राउ गरी साइबर अपराध मुद्दा चलाएको छ । अनुसन्धानको क्रममा कम्तीमा ४६ हजार २ सय ७१ ग्राहकको विस्तृत विवरण चोरी भएको पुष्टि भएको छ ।



    पक्राउ परेका घिसिङले अपराध स्वीकार गरेका छन् । उनले सुबिसु कम्पनीकै कमजोर प्रणालीका कारण आफुले डाटा चोरी गरेको बताएका छन् ।

    सुरुमा वेभसाइट कमजोर छ भनेर कम्पनीलाई जानकारी गराएको र त्यसको मतलब नगरेपछि डाटा सामाजिक सञ्जालमा हालिदिएको उनले बयान दिएका छन् ।

    यो घटनाले सुबिसीका सबै ग्राहकको व्यक्तिगत विवरण अनधिृकत व्यक्तिको हातमा पुगेको पुष्टि भएको छ । वेभसाइटको सुरक्षामा ध्यान नदिदा यस्तो अवस्था आएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार