Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • गाजामा भएको महिला र बालबालिका हताहत हुनुमा अमेरिका जिम्मेवार : प्यालेस्टाइन

    गाजामा भएको महिला र बालबालिका हताहत हुनुमा अमेरिका जिम्मेवार : प्यालेस्टाइन

    अनलाइन नेपाल
  • शनिबार, २३ मंसिर २०८०
  • 813
    SHARES

    काठमाडौं । गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा अमेरिकाले भिटो लगाएपछि प्यालेस्टाइनले कडा प्रतिक्रिया जनाएको छ ।

    प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा भएको महिला र बालबालिकाको हताहतका लागि अमेरिका जिम्मेवार रहेको टिप्पणी गरेका हुन् ।



    अमेरिकाले इजरायललाई समर्थन गरेकै कारण गाजामा प्यालेस्टाइनी बालबालिका, महिला र वृद्धवृद्धाको हताहतका लागि अमेरिकी सरकार जिम्मेवार रहेको अब्बासको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



    सुरक्षा परिषद्को विशेष बैठकमा अमेरिकाले लगाएको भिटोले संयुक्त राष्ट्र सङ्घका प्रमुख एन्टोनियो गुटेर्रेस र अरब राष्ट्रहरूको नेतृत्वमा तत्काल मानवीय युद्धविराम गर्ने दिशामा भइरहेको प्रयासलाई अवरुद्ध पारेको टिकाटिप्पणी भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार