Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • इजरायलको दाबी – गाजा शहरलाई आफ्नो सेनाले घेरा हालेको छ

    इजरायलको दाबी – गाजा शहरलाई आफ्नो सेनाले घेरा हालेको छ

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 780
    SHARES

    फाइल तस्विर

    एजेन्सी । प्यालेस्टाइनको गाजा शहरलाई आफ्नो सेनाले घेरा हालेको इजरायलले दाबी गरेको छ ।

    गाजा शहरको सम्पूर्ण भागलाई आफ्नो सेनाले घेरा हालेको दाबी गर्दै इजरायलले हमास लडाकु समुहको अखडालाई निशाना बनाइरहेको दाबी गरेको हो ।



    हमासको सुरक्षा पोष्ट, मुख्यालय र अन्य पूर्वाधारहरुमाथि इजरायली सेनाले भिषण बमबारी गरिरहेको छ ।



    हमासको भूमिगत सुरुङ र रकेट लन्चर ध्वस्त पार्न आफ्नो सेनाले कारबाही गरिरहेको बताउँदै इजरायलले गाजा क्षेत्रका सर्वसाधारण नागरिकको क्षति सकेसम्म कम गर्नेतर्फ आफ्नो सेनाले ध्यान केन्द्रित गरेको पनि जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार