Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राष्ट्रसंघले भन्यो – गाजामा भोकमरीको संकट उच्च छ

    राष्ट्रसंघले भन्यो – गाजामा भोकमरीको संकट उच्च छ

    अनलाइन नेपाल
  • बुधबार, १३ मंसिर २०८०
  • 588
    SHARES

    फाइल तस्विर

    रोम । गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका भोकमरीको जोखिममा रहने संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले चेतावनी दिएको छ ।

    डब्लूएफपीले इजराइल र हमासबीच युद्धविराम सुरु भएपछि शुक्रबारदेखि गाजामा एक लाख २१ हजार १६१ मानिसलाई खाना उपलब्ध गराएको बताएको छ ।



    पछिल्लो समय मंगलबार दुई दिनका लागि युद्धविराम थपिएको छ । युद्धविरामका लागि धन्यवाद दिँदै डब्लूएफपी मध्यपूर्वका निर्देशक कोरिन फ्लेसरले भने, “हाम्रा टोली सम्बन्धित क्षेत्रमै छन्, हामी लामो समयदेखि पुग्न नपाएका ठाउँमा जाँदैछौँ, हामीले जे देखिरहेका छौँ, त्यो विनाशकारी छ ।”



    डब्लूएफपीले अनुमान गर्दै भनेको छ, “यदि डब्लूएफपीले निरन्तररूपमा खाना पुर्‍याउन सकेन भने गाजाको जनसंख्या र विशेषगरी महिला तथा बालबालिका भोकमरीको उच्च जोखिममा पर्नेछन् ।”

    खाद्यान्नको निर्बाध र नियमित आपूर्तिका लागि आह्वान गर्दै उसले युद्धविरामका लागि ६ दिन कुनै सार्थक प्रभाव पार्न पर्याप्त नभएको बताएको छ । गाजामा संकट सुरु भएपछि डब्लूएफपीले सात लाख ५९ हजार ८२ मानिसलाई खाद्यान्न उपलब्ध गराइसकेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार