Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गाजामा युद्धविरामको माग गर्ने प्रस्तावमा भारतले गरेन मतदान

    गाजामा युद्धविरामको माग गर्ने प्रस्तावमा भारतले गरेन मतदान

    अनलाइन नेपाल
  • शनिबार, २४ चैत्र २०८०
  • 270
    SHARES

    फाइल तस्विर

    काठमाडौं । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा गाजामा युद्धविरामको माग गर्ने प्रस्तावमा भारत मतदान गर्नबाट अलग रहेको छ ।

    शुक्रबार भएको मतदानमा भारतसहित १३ देशले भाग लिएनन् । २८ देशले पक्षमा मतदान गरे भने अमेरिका र जर्मनीसहित ६ देशले विपक्षमा मतदान गरे ।



    परिषदले पाँचवटा प्रस्ताव पारित गरेको छ । यसमा गाजा पट्टीको घेराबन्दी हटाउन माग गर्ने प्रस्ताव पनि समावेश छ।



    एन्टोनियो गुटेरेसले गाजामा युद्धविरामको लागि निरन्तर अपिल गर्दै आएका छन् र गाजाका सम्पूर्ण जनसङ्ख्या भोकमरीको विन्दुमा पुग्ने चेतावनी दिइरहेका छन्।

    राष्ट्रसंघका अनुसार इजरायली सैन्य अभियानमा हालसम्म एक लाखभन्दा बढी प्यालेस्टाइनी मारिएका वा घाइते भएका छन् जसमध्ये एक तिहाइ बालबालिका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार