Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सिङ्गापुर र कुवेतलाई फाँसीको प्रावधान हटाउन संयुक्त राष्ट्रसङ्घको आग्रह

    सिङ्गापुर र कुवेतलाई फाँसीको प्रावधान हटाउन संयुक्त राष्ट्रसङ्घको आग्रह

    अनलाइन नेपाल
  • शनिबार, १३ साउन २०८०
  • 702
    SHARES

    एजेन्सी । संयुक्त राष्ट्रसंघले सिङ्गापुर र कुवेतमा हालै गरिएको मृत्युदण्डको निन्दा गर्दै मृत्युदण्डको सजायको प्रावधानमा रोक लगाउन ती राष्ट्रहरूलाई आह्वान गरेको छ ।

    सिङ्गापुरमा लागुऔषध ओसारपसारको आरोपमा ४५ वर्षीय एक नागरिकलाई शुक्रबार फाँसी दिइएपछि राष्ट्रसंघले यस्तो आह्वान गरेको हो ।



    संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयका प्रवक्ता सेइफ मगान्गोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी कुवेत र सिङ्गापुरमा यस साता दिइएका मृत्युदण्डको निन्दा गर्दछौं र कुनै पनि अवस्थामा हुने मृत्युदण्डको विरोध गर्दछौं ।”



    “हामी कुवेत र सिङ्गापुरलाई तत्काल मृत्युदण्डमा रोक लगाउन र मृत्युदण्डमा रोक लगाउने १७० भन्दा बढी राज्यमा सामेल हुन आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।

    कुवेतमा सन् २०१५ मा इस्लामिक स्टेट जिहादी समूहले गरेको आत्मघाती आक्रमणमा संलग्न रहेको अभियोगमा दोषी ठहर भएका पाँचजनालाई बिहीबार मृत्युदण्ड दिइएको थियो ।

    गत वर्षको नोभेम्बरमा सातजनालाई मृत्युदण्ड दिइएयता साउदी अरबको छिमेकी खाडी मुलुक कुवेतमा बिहीबार दिइएको मृत्युदण्ड पहिलो हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार