Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसीसी यू–१९ एसिया कप : नेपाललाई पहिलो सफलता, गुल्सन झाले लिए विकेट

काठमाडौं । दुबईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ । नेपालका बलर गुल्सन झाले अफगानिस्तानको पहिलो विकेट लिएका हुन् ।

उनले अफगानिस्तानका ओपनर ब्याट्सम्यान वफिउल्लाह तराखिललाई १५ रनमा आउट गराएका हुन् । यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपालले टस जिती अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको हो ।

यी दुबै टोली आफ्नो पहिलो खेलमा पराजित भएकाले आइतबारको खेल जित्नै पर्ने दबाबमा छन् । यो खेलमा विजयी हुने टोलीको सेमिफाइनल सम्भावना जितिव रहने छ भने पराजित हुने टोली समूहगत चरणबाटै घर फर्किने छ ।

पहिलो खेलमा भारतले अफगानिस्तानलाई सात विकेटले र पाकिस्तानले नेपाललाई पनि सात विकेटले हराएका थिए । समूह ‘ए’ अन्तर्गत आइतबार नै भारत र पाकिस्तानबिचको खेल पनि हुँदैछ ।

उक्त खेलमा पाकिस्तानले टस जिती भारतलाई पहिले ब्याटिङको निम्तो दिएको छ । भारत र पाकिस्तानबिचको खेलमा विजयी हुने टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077