Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दुई किलो सुन प्रकरण : थप एक चिनियाँ पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा चेकपोस्टबाट बरामद भएको दुई किलो सुन प्रकरणमा एक चिनियाँलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा फरार रहेका चिनियाँ २७ वर्षीय चेन जीवेई रहेका छन् ।

यही प्रकरणमा प्रहरीले गएको बिहीवार राति नागढुङ्गा चेकपोस्टबाट रसुवाको गोसाइँकुण्डका ग्यालछिङ तामाङ, बिरु तामाङ र सुनिल भुजेललाई पक्राउ गरेको थियो ।

प्रहरीले रसुवाबाट काठमाण्डौ आउँदै गरेको बाग्मती प्रदेश ०१–०२८ च २६९७ नम्बरको जीपबाट सुन बरामद गरेको थियो ।

पक्राउ परेका जीवेईलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077