Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सहमतिका आधारमा राजासहितको हिन्दु राष्ट्र स्थापना गरौं : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नामा कायम रहेको वर्तमान व्यवस्था असफल भइसकेको दाबी गरेका छन्।

सोमवार काठमाडौंमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । संघीय गणतन्त्र, भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रुपान्तरित भएको उनको आरोप छ ।

अध्यक्ष थापाले यो व्यवस्था असफल भएको कारणले सको विकल्पमा नेपाली जनताको चाहनाअनुरुप राजासहितको हिन्दुराष्ट्र, सुशासन र आर्थिक समृद्ध कायम हुनुपर्ने माग गरे ।

अध्यक्ष थापाले राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना राजनैतिक दलहरु तयार हुने हो भने अहिलेकै संविधानको परिधिभित्र रहेर सहमति र सहकार्यका आधारमा संविधानलाई संशोधन गरेर कायम गर्न सकिने बताए ।

अध्यक्ष थापाले संघीय गणतन्त्र, भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रुपान्तरित भएको आरोप लगाए। उनले अहिलेको व्यवस्था असफल भएकोले जनताको चाहनाअनुरुप राजासहितको हिन्दुराष्ट्र, सुशासन र आर्थिक समृद्ध कायम हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077