Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युक्रेन अधीनस्थ क्षेत्रमा राष्ट्रपतीय निवार्चन गर्दै रुस

एजेन्सी । क्रेमलिनले गत वर्ष कब्जा गरेको भनी दाबी गरेको युक्रेनका चार क्षेत्रमा रुसी राष्ट्रपति निर्वाचनका लागि मतदान हुने भएको छ । राष्ट्रपति निर्वाचनमा भ्लादिमिर पुटिन पुनः निर्वाचित हुने सम्भावना छ ।

मार्चमा युक्रेनका डोनेट्स्क, लुगान्स्क, जापोरिजिया र खेरसनमा मतदान हुने केन्द्रीय निर्वाचन आयोगले बताएको छ। ती क्षेत्रमा अहिले पनि रुसको पूर्ण सैन्य नियन्त्रण छैन। सरकारी समाचार एजेन्सी तासका अनुसार आयोगका उपाध्यक्ष निकोले बुलायेभले भने, 'ती क्षेत्रमा निर्वाचन हुने निर्णय सर्वसम्मतिले भएको हो।'

निर्वाचन आगामी मार्च १५ देखि १७ सम्म हुनेछ। क्रेमलिनका आलोचकहरूले निर्वाचनले पारदर्शिताको ग्यारेन्टीलाई अझ धेरै कठिन बनाउने बताएका छन् ।

यसअघि युक्रेनले ‘युक्रेनी अधीनस्थ क्षेत्रहरूमा राष्ट्रपति निर्वाचन गराउने रुसको मनसायको दृढ निन्दा गर्न’ अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको थियो। किभले पश्चिमी मुलुकहरूसँग जिम्मेबार व्यक्तिहरूमाथि प्रतिबन्ध लगाउनसमेत आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077