Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमालेको संकल्प यात्रा आजबाट कोशी प्रदेशमा प्रवेश

    एमालेको संकल्प यात्रा आजबाट कोशी प्रदेशमा प्रवेश

    अनलाइन नेपाल
  • मंगलबार, २६ मंसिर २०८०
  • 525
    SHARES

    काठमाडौं । नेकपा एमालेको दुई हप्तादेखि जारी समृद्धि संकल्प यात्रा आजबाट कोशी प्रदेशमा प्रवेश गर्दैछ ।

    पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार गएराति रामेछापको मन्थली पुगेको यात्रा टोलीले आज बागमती प्रदेशका रामेछाप र सिन्धुली जिल्ला पार गर्दै कोशी प्रदेशको उदयपुर स्थित घुर्मीमा आमसभा गर्नेछ ।



    आज सिन्धुलीको खुर्कोट, ओखलढुंगाको हर्कपुर र खोटाङको हलेसीमा स्थानीय बासिन्दा, कार्यकर्ता र नेताहरुसँग अन्तरक्रिया गर्दैछ।



    आजको बास खोटाङको दिक्तेलमा हुनेछ। १९ दिने यात्राको सबै भन्दा छोटो दुरी आजको यात्रामा पार गर्नुपर्ने छ । एमालेको कार्यक्रमस्थल र बसोबास स्थलमा कडाइ गरिनेछ ।

    एमालेको कार्यक्रममा अवरोध गर्नेगरी पहिचान पक्षधरले कार्यक्रम घोषणा गरेपछि सुरक्षा निकायले एकीकृत सुरक्षा रणनीति अपनाएको छ । नेपाल प्रहरीका करिब तीन हजार सुरक्षाकर्मी एमाले यात्रामा परिचालन गरिने तयारी छ ।

    उदयपुरको कार्यक्रममा करिब एक हजार पहिचान पक्षधर उपस्थित हुने सुरक्षा निकायको अनुमान छ । जाडो समय भएकाले बस्ने र खानेको टुंगो नहुने भएकोले पहिचान पक्षधरको ठूलो संख्या अवरोधमा नआउने अनुमान गरिएको छ । झडपको अवस्था आउने देखेमा पहिचान पक्षधरका नेतालाई बिहानैदेखि नियन्त्रणमा लिने सुरक्षा रणनीति छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार