Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • थुनामा रहेका नासुलाई छुटाइदिने भन्दै १ करोड ठगी, दुई जना प्रहरीको फन्दामा

    थुनामा रहेका नासुलाई छुटाइदिने भन्दै १ करोड ठगी, दुई जना प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • मंगलबार, २६ मंसिर २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । थुनामा रहेका एक व्यक्तिको मुद्दा मिलाइदिन्छु भन्दै करिब एक करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भोजपुर घर भई हाल काठमाडौँ बस्ने २६ वर्षीया रितु राई र बर्दिया घर भई हाल काठमाडौँ बस्ने २१ वर्षीय निरेश चौधरी छन् ।



    उनीहरूले सुर्खेतको वीरेन्द्रनगर घर भएका रेवन्त खड्काको मुद्दा मिलाइदिन्छु भन्दै उनका बुवा अमर बहादुर खड्काबाट पटक–पटक गरी ९९ लाख ७५ हजार रुपैयाँ ठगी गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।



    सीआईबीका अनुसार रेवन्त खड्का आपराधिक विश्वासघात र संगठित अपराधको मुद्दामा सीआईबीबाटै पक्राउ परी काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार