Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम सरकारद्धारा राहत हस्तान्तरण

कैलाली । सुदुरपश्चिम सरकारले इजरायलमा हमासको आक्रमणमा मारिएका सुदूरपश्चिमका विद्यार्थीका परिवारलाई राहत रकम आज टिकापुरमा हस्तान्तरण गरेको छ ।

प्रदेश सरकारले प्रति विद्यार्थी दुई लाखका दरले सात विद्यार्थीका परिवारलाई राहत रकम दिएको हो ।

सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह र नेपालका लागि इजरायलका राजदूतको उपस्थितिमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले राहत रकम मृतक बिध्यार्थीका आफन्तलाई प्रदान गरेका हुन् ।

गत ७ अक्टोबरमा इजरायलमा हमासले आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो, विपिन जोशी अपहरणमा परेका थिए । मारिएका १० मध्ये ७ विद्यार्थी सुदुरपश्चिमका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077