Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले भने - शेखरलाई संसदीय दलको नेता बनाउन लागौं, आफ्नै समूहमा नभिडौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको संसदीय दलको नेता परिवर्तन गर्न प्रयास गर्नुपर्ने बताएका छन् ।

बुधबार शेखर–गगन पक्षको भेलामा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले समूह एकढिक्का भई शेखर कोइरालालाई संसदीय दलको नेता बनाउन प्रयास गर्नुपर्ने बताएका भेलामा सहभागी एक नेताले बताए ।

महामन्त्री थापाले भने,‘हामी एकतावद्ध भएर संसदीय दलको नेता फेर्न लागौं, देउवा नै प्रधानमन्त्री हुने अवस्था भयो भने २०८२ मा महाधिवेशन हुन सक्दैन।समूह एकतावद्ध हुने हो भने देउवासँग भिडौं, हाम्रो समूहमा नभिडौं ।’

महामन्त्री थापाले १४ औं महाधिवेशनबाट बनेको शेखर–गगन समूह एकतावद्ध हुन नसकेकामा असन्तुष्टि जनाए । आफूले समूहभित्रै र पार्टी सभापतिसँग पनि भिड्नुपरेको महामन्त्री थापाले बताए ।

हाल कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेता छन् । कांग्रेसका पार्टीबाट सरकारको नेतृत्व गर्दा संसदीय दलको नेताले गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077