Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१९ वर्षमुनिको एसिया कपको उपाधिका लागि यूएई र बङ्ग्लादेश भिड्ने

काठमाडौं । पाकिस्तानलाई हराउँदै यूएई पहिलो पटक एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ । आज शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा यूएईले पाकिस्तानलाई ११ रनले हरायो ।

यूएईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभर ३ बलमा १ सय ८२ रन बनाउँदा अल आउट भयो ।

यसअघि दुबईको आईसीसी एकेडेमीमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएई ४७ ओभर ५ बलमा १ सय ९३ रनमा अल आउट भयो ।

यस्तै भारतलाई हराउँदै बङ्ग्लादेश पनि फाइनलमा पुगेको छ । आज शुक्रवार भएको दोस्रो सेमिफाइनल खेलमा बङ्ग्लादेशले भारतलाई ४ विकेटले हरायो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077