Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायली सेनाले भन्यो – गाजामा भुलवश तीन इजरायली बन्धक मारिए

एजेन्सी । इजरायलले गाजामा जारी सैन्य अपरेशनका क्रममा हमासले बन्धक बनाएका तीन इजरायली नागरिक गल्तीले मारिएको बताएको छ ।

हमासले बन्धक बनाएका २८ वर्षीय योतम हाइम, २२ वर्षीय समीर तलल्का र २६ वर्षीय एलोन शमरिजलाई खतराका रूपमा पहिचान गरेर मारिएको सेनाले जनाएको छ ।

इजरायली सेनाले यस घटनाप्रति दुःख व्यक्त गर्दै गाजाको उत्तरमा रहेको शेजैयामा तीनै जनालाई सैनिकले गोली हानेको बताएको छ ।

यी तीनै जनाको शवलाई इजरायल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077