Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वराजालाई माधव नेपालको चुनौती - राजनीति गर्ने भए चुनावमा प्रतिस्प्रर्धा गरेर प्रधानमन्त्री बन्नू

दोलखा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने दाबी गरेका छन् ।

दोलखामा पार्टीको १०औं जिल्ला अधिवेशनको उद्घाटन सभामा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले एकथरी मानिसहरूले संवैधानिक राजतन्त्रको कुरा उठाए पनि त्यो पूरा नहुने बताए ।

पूर्वराजालाई राजनीति गर्न मन भए चुनावमा प्रतिस्प्रर्धा गरेर प्रधानमन्त्री बन्न उनले चुनौती दिए ।

उनले भने, 'गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन। गणतन्त्रको कमिीकमजोरी हुनसक्छ। त्यसबारे छलफल गरेर सुधार गर्नुपर्छ। तर, गणतन्त्रको विकल्पमा राजतन्त्रबारे सोच्न सकिँदैन ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077