Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यु-१९ एसिया कपको उपाधिका लागि यूएई र बंगलादेश भिड्दै

काठमाडौं । यु-१९ एसिया कपको उपाधिका लागि आज बंगलादेश र युएई भिड्दै छन् ।

दुबईमा आज यी दुईबीचको खेल बिहान पौने ११ बजे सुरु हुनेछ। सेमिफाइनलमा भारतलाई हराउँदै बंगलादेश र पाकिस्तानलाई हराउँदै युएईले फाइनलमा स्थान बनाएका हुन्।

बंगलादेशले साबिक विजेता भारतलाई ४ विकेटले हरायो। भारतले दिएको १ सय ८९ रनको लक्ष्य बंगलादेशले ४२ ओभर ५ बलमा ६ विकेट गुमाएर भेट्टायो।

अर्को सेमिफाइनलमा घरेलु टोली युएईले पाकिस्तानलाई ११ रनले हरायो । १ सय ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ दशमलव ३ ओभरमा १८२ रनमात्र बनायो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077