काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदैछ ।
बैठक धुम्बाराहीस्थित एसआर बैंक्वेटमा आजबाट सुरु हुन लागेको हो । बैठक आगामी मङ्गलवारसम्म जारी रहने बताइएको छ ।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा छलफलको एजेन्डा पेस गर्ने छन् ।
बैठकमा महासचिवले सांगठानिक प्रतिवेदन तथा र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने एजेन्डा रहेको छ ।