Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसले वर्तमान सरकारलाई बोकेरै बस्नुपर्छ भन्ने छैन : महामन्त्री थापा

पाल्पा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारलाई कांग्रेस बोकेर बस्नुपर्छ भन्ने नभएको बताएका छन् ।

नेपाल प्रेस युनियन पाल्पाले आइतबार राखेको पत्रकार भेटघाटमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

बितेका एकवर्षमा सरकारले राम्रो काम गर्न नसकेको आरोप लगाउँदै महामन्त्री थापाले काम गर्न नसकेपछि सरकार बदलौं भन्ने आवाज उठ्ने बताए ।

महामन्त्री थापाले भने, ‘पुस १२ गतेदेखि सरकारमा सम्मिलित मन्त्रीहरुसँग समिक्षा बैठक छ । कांग्रेसबाट सहभागी भएका मन्त्रीबाट पार्टीका कार्यकर्ता उत्साहित भएको पाइएको छैन । त्यसैले यस विषयमा धेरै छलफल हुनेछ ।’

महामन्त्री थापाले गति बढाउने र मति बदल्ने कुराको अनुभूति सरकारबाट हुनुपर्ने बताउँदै सुशासन र सेवा प्रवाहमा सरकारको गति बढाउन नसकेको बताए ।

अघिल्लो वर्ष जस्तै यस वर्ष पनि उस्तै ढंगबाट काम गर्ने हो भने सरकारलाई बोकेर बस्नुपर्छ भन्ने नभएको महामन्त्री थापाले बताए ।

संसदबाट कानुन बनाउने काम हुन नसकेको, सेवा प्रवाह, सुशासन, जोखिम उठाउने काममा सरकारले उल्लेखनीय काम गर्न नसकेको महामन्त्री थापाले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077