Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

वर्तमान सरकारले काम गर्न सकेन, एक वर्षको काम हेर्दा १०० मा १० अङ्क मात्रै दिन्छु : गगन थापा

पर्वत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको सरकारले काम गर्न नसकेको दाबी गरेका छन् ।

पर्वतमा कांग्रेसको क्षेत्रीय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो दाबी गरेका हुन् ।

उनले सरकारमा बसेर प्रधानमन्त्री पुष्पकमल दाहालले काम गर्न नसकेको बताए । अहिलेको सरकारको एक वर्षको काम मूल्याङ्कन गर्दा १०० मा १० अङ्क मात्रै दिन सकिने उनको भनाई छ ।

‘चित्त बुझाउने कुरै छैन, सरकारले काम गर्न सकेकै छैन,’ उनले भने, ‘अब एक वर्ष बाँकी छ। हामीले बनाएको सरकार हो। कि अब १० अङ्क मात्रै आएकोले मेहनत गर्छु भन्नुपर्‍यो। नत्र अर्को वर्ष १० बाट घटेर ८ अङ्कमा झर्छ।’

यस्तै उनले चुनाव अघि कुनै पनि दलले अर्को दलसँग गठबन्धन गर्न नहुने कानुनी व्यवस्था गर्नुपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077