काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ ।
हिजोदेखि काठमाडौँमा सुरू भएको उक्त बैठक आज पनि जारी रहने भएको हो ।
राप्रपाका प्रवक्ता तथा प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, रणनीति र भावी कार्यदिशा विषयमा ब्रिफिङ गरेका थिए ।
यस्तै बैठकमा महामन्त्री धवलशम्सेर राणाले बृहद आन्दोलन सम्बन्धि कार्ययोजना, कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदारबहादुर अधिकारीले सचिवालय सम्बन्धि प्रतिवेदन पेश गरेका थिए भने हिजोको बैठकमा प्रदेश प्रमुखहरूले आ-आफ्नो प्रदेशको प्रतिवेदन पेश गरेका छन् ।