Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमालेले अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने

    एमालेले अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने

    अनलाइन नेपाल
  • मंगलबार, ३ पुष २०८०
  • 498
    SHARES

    विराटनगर । नेकपा एमालेले अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने जनाएको छ ।

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो जानकारी दिएका हुन् ।



    महासचिव पोखरेलले भने, ‘मध्यपहाडी यात्रा अभूतपूर्व रुपमा सफल भयो, यसबाट हामी उत्साहित छौं । अब पार्टीले हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने निर्णय गर्छ ।’



    नेकपा एमालेले गत मंसिर १४ गतेदेखि पुस ३ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी राजमार्ग केन्द्रित अभियान चलाएको थियो ।

    एमालेले पुस ५ गते काठमाडौंमा बैठक बसेर उक्त अभियानको समीक्षा गर्दै छ। एमाले महासचिव पोखरेलले झुलाघाट–चिवाभञ्ज्याङ यात्रा सफल भएको बताए ।

    यात्राका क्रममा नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति अभूतपूर्व क्रेज देखिएको जिकीर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार