Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • एनसेलको छानबिन समितिमाथि प्रश्न उठेको छ, यसलाई विघटन गरौं : रघुजी पन्त

    एनसेलको छानबिन समितिमाथि प्रश्न उठेको छ, यसलाई विघटन गरौं : रघुजी पन्त

    अनलाइन नेपाल
  • मंगलबार, ३ पुष २०८०
  • 489
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले एनसेलको सेयर खरिदबिक्री छानबिन गर्न गठित छानबिन समितिका संयोजक टंकमणि शर्मा दंगालमाथि प्रश्न गरेका छन् ।

    राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन् ।



    महालेखा परीक्षक भएका बेला तयार पारिएको प्रतिवेदनमा टंकमणिले विवरण हटाएर एनसेलको पक्षमा काम गरेको भन्दै अहिले उनैलाई छानबिन समिति संयोजक बनाउनु गलत रहेको पन्तले बताए ।



    सांसद पन्तले भने,’छानबिन समितिको संयोजकमाथि प्रश्न उठेको छ, यसलाई डिजल्भ गरेर न्यायिक समिति गठन गरियोस् । छानबिन समितिमाथि नै सार्वजनिक रूपमा प्रश्न उठ्यो। टंकमणि महालेखा परीक्षक हुँदा एनसेललाई छुट दिएको भन्ने सार्वजनिक रूपमा प्रश्न उठिसकेको थियो ।’

    सांसद पन्तले महालेखा परीक्षक भएका बेला महालेखाको वार्षिक प्रतिवेदनमा नै एनसेलको पक्षमा काम गर्ने व्यक्तिलाई संयोजक बनाएको भन्दै सार्वजनिक रूपमा प्रश्न उठेकाले समिति विघटन गर्नुपर्ने तर्क राखे।

    छानबिन स्वच्छ हुन्छ भन्ने कुराबाट होइन व्यवहारबाटै पुष्टि हुनुपर्ने पन्तको भनाइ छ । उनले अहिले गठित समिति संयोजक कसरी सुद्ध व्यवहार गर्न सक्छन् भन्ने कुरा व्यवहारबाट पुष्टि हुनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार