Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • साउदी अरब पठाइदिन्छु भन्दै ठगी, म्यानपावर सञ्चालकसहित दुईजना पक्राउ

    साउदी अरब पठाइदिन्छु भन्दै ठगी, म्यानपावर सञ्चालकसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३ पुष २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरब पठाउने बहानामा ठगी गरेको आरोपमा म्यानपावर कम्पनीका सञ्चालक पक्राउ परेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा पुरानो बानेश्वरमा अवस्थित ओसो रिक्रुटिङ म्यानपावरका सञ्चालक वर्ष ४२ को लक्ष्मण विश्वासहित दुई जना रहेका छन् ।



    नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका ९ घर भइ हाल काठमाडौं बस्ने लक्ष्मण विश्वा र काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० की ४० वर्षीया सोफि मल्ललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।



    उनले ओम बाबु साहलाई वैदेशिक रोजगारीको लागि साउदी अरब पठाइदिन्छु त्यसको लागि १ लाख २५ हजार रुपैयाँ लाग्छ, साउदी अरब पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक ४० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी एक लाख २५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका थिए ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंसीर २२ गते काठमाडौंबाट पक्राउ गरेको हो । उनीहरुविरुद्ध थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार