Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

वैदेशिक रोजगारीमा पठाउने भन्दै ४६ लाखभन्दा बढी रकम ठगी

म्याग्दी । वैदेशिक रोजगारीमा पठाउने भन्दै ४६ लाखभन्दा बढी रकम ठगी गरेका म्याग्दीका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

म्याग्दी जिल्ला अदालतबाट ६ दिन कैद र ४६ लाख १७ हजार १०० जरिबाना तोकिएका मंगला गाउँपालिका–४ (साविक बरङ्जा गाविस)–८ का ४३ वर्षीय गंगाबहादुर रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

विदेश नपठाएको र संकलन गरेको रकम फिर्ता नगरेपछि नौ जना पीडितले रोकाको विरुद्ध बैंकिङ कसुरमा मुद्दा दायर गरेका थिए । रोकाले एक जनाबाट दुई लाखदेखि दश लाखसम्म ठगी गरेका थिए ।

प्रहरी निरीक्षक अशोककुमार झाका अनुसार सोमबार बरङ्जाबाट पक्राउ परेका रोकालाई मंगलबारनिज उपर लागेको दण्ड जरिबाना असुलउपरका लागि म्याग्दी जिल्ला अदालतमा पेस गरिएको छ ।

“विदेश पठाउने भनेर पैसा उठाएका रोकाले विदेश नपठाएपछि पीडितलाई चेक दिएका रहेछन्”, प्रहरी निरीक्षक झाले भने, “पीडितलाई दिएको चेक नसाटिएपछि बैंकिङ कसुरमा म्याग्दी जिल्ला अदालतमा दायर गरेको मुद्दामा दोषी ठहर भएका हुन् ।” बैंकिङ कसुरमा म्याग्दीमा पक्राउ परेकामध्ये रोका धेरै रकम ठगी गर्नेमा पर्ने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077