Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सर्वोच्चका लागि प्रस्तावित ६ न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदन

    सर्वोच्चका लागि प्रस्तावित ६ न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदन

    अनलाइन नेपाल
  • बुधबार, ४ पुष २०८०
  • 528
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशहरू सर्वसम्मतिले अनुमोदित भएका छन् ।

    बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सबै ६ जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।



    बैठकले न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल, बालकृष्ण ढकाल र महेश शर्मा पौडेललाई समितिले सर्वसम्मतिले अनुमोदन गरेको छ ।



    अब उनीहरुले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज सुरु गर्ने छन् ।

    उनीहरुमाथि गत शुक्रबारदेखि सुनुवाइ सुरु भए सोमबार सकिएको थियो । नाम अनुमोदनका लागि बुधबार पुनः समितिको बैठक बोलाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार