Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

हात्तीको आक्रमणबाट झापामा फेरि एक जनाको मृत्यु

झापा । जंगली हात्तीको आक्रमणबाट झापामा फेरि एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका-२ का अन्दाजी ५५ वर्षीय पाथल राजवंशी रहेका छन् ।

राजवंशी हल्दिबारी २ नम्बर वडा कार्यालयका कार्यालय सहयोगीमा कार्य‌रत थिए। राजवंशी बुधबार बिहान घरबाट निस्किएका थिए ।

घर नर्फकिएपछि परिवारका सदस्यले उनको खोजी गरेका थिए । उनको घर नजिकैको नालामा झारले छोपेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापा, डिभिजन वन कार्यालय झापाको टोली पुगेको प्रहरीले जनाएको छ ।

गत मंसिरमा हल्दिबारी र दमकमा हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077