Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यूएईबाट काठमाडौं आएको एयर अरेबियाको शौचालयमा भेटियो नवजात शिशु

काठमाडौं । यूएईबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयभित्र मृत अवस्थामा नवजात शिशु फेला परेको छ।

बुधबार बिहान करिब ९ बजे अवतरण गरेको जहाजको शौचालयमा मृत अवस्थामा शिशु फेला परेको हो।

एक महिला यात्रुले जहाजको शौचालयमा बच्चा जन्माएको पाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बतायो ।

ती यात्रु कहाँकी हुन् भन्ने खुलेको छैन। यो घटनामा प्रहरी वृत्त गौशालाले अनुसन्धान गर्ने भएको छ।

ती महिला यात्रुलाई केएमसी अस्पताल सिनामंगल लगिएको प्रहरी स्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077