Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सांसद रघुजी पन्तको प्रश्न - नेपाली सेनाले आफ्नो लागि चाहिने गोलीगट्ठा पनि बनाउन सक्दैन?

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सेनाले आफ्नो लागि चाहिने न्यूनतम गोलीगट्ठा र बारुद उत्पादन गर्न नसक्नुको कारण माग गरेका छन्।

सिंहदरबारमा बसेको राज्य व्यवस्था र सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले सो कारण माग गरेका हुन् । उनले नेपाली सेनाले बिष्फोटक पदार्थ पनि छिमेकी देशको भर पर्नुपर्ने नेपाली सेनाको अवस्था हो ? भन्दै प्रश्न गरे।

सांसद पन्तले भने, ‘मित्र राष्ट्र भारतबाट विष्फोटक पदार्थको आयात आपूर्ति हुन नसकेको, मित्र राष्ट्र चीनबाट विष्फोटक पदार्थको आयात हाल आपूर्ति सुचारु रहेको र यसले एउटा सेन्सेटिभ बनाएको छ। हाम्रो त यही सेना हो, यो सेनाले आफ्नो लागि चाहिने न्यूनतम गोलीगट्ठा र बारुद पनि अहिलेसम्म आफूले उत्पादन गर्न सक्दैन? अहिलेसम्म हाम्रो भौतिक योजना ढुंगा फोड्न पड्काउन, अरुको मुख हेरेर ताक्नुपर्ने हो? त्यो अवस्था हो भने भोलि हामी साँच्चै शान्तिप्रिय देश छौं जानु नपर्ला।’

सांसद पन्तले ढुंगा फोड्न पड्काउन, अरुको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए।

बाटो बनाउन पनि छिमेकीबाट बारुद आएन भनेर बस्नुपर्ने अवस्था तेड्नको लागि हाम्रो सैनिक नेतृत्वले कति प्रयत्न गरेको छ? भन्दै उनले प्रश्न गरे।

सांसद पन्तले कुनैबेला युद्धका लागि तयार हुनपर्ने भए कति दिनसम्म नेपाली सेनाले थेग्छ ? भन्दै प्रश्न गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077