Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सर्वोच्चका नवनियुक्त ६ न्यायाधीशको शपथग्रहण आज

    सर्वोच्चका नवनियुक्त ६ न्यायाधीशको शपथग्रहण आज

    अनलाइन नेपाल
  • बिहिबार, ५ पुष २०८०
  • 612
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतमा ६ जना न्यायाधीशको आज शपथग्रहण हुने भएको छ ।

    उनीहरुलाई दिउँसो २ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शपथग्रहण गराउन लागेका हुा् । हिजो मात्रै राष्ट्रपति पौडेलले उनीहरुलाई न्यायाधीशमा नियुक्त गरेका थिए ।



    संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार नै राष्ट्रपति रामचन्द्र पौडेलले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, सुनील कुमार पोखरेल र बालकृष्ण ढकाललाई नियुक्त गरेका थिए ।



    योसँगै सर्वोच्चमा २० जना न्यायाधीश हुनेछन् । २१ न्यायाधीश हुने सर्वोच्चमा अझै एक पद खाली हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार