Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप : सुदूरपश्चिम पहिलो खेलमै एपीएफसँग पराजित

काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२ मा सुदूरपश्चिम प्रदेश पहिलो खेलमै पराजित भएको छ ।

मुलपानी मैदानमा आज भएको खेलमा सुदूरपश्चिमलाई विभागीय टोली एपीएफले ९ विकेटले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य एपीएफले १६.१ ओभरमा १ विकेट मात्र गुमाउदै पुरा गरेको थियो ।

एपीएफका लागि ओपनर ज्योती पाण्डेले अविजित रहँदै सर्वाधिक ४९ रन बनाइन् । सुदूरपश्चिमकी इश्वरी विष्टले १ विकेट लिइन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको थियो।

सुदूरपश्चिमका लागि कविता जोशीले २७ बल खेल्दै २ चौका र १ छक्का मदतमा सर्वाधिक २२ रन बनाइन् । यस्तै सम्झना खड्काले १२ रन जोडिन् भने बाँकीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमले १३ रन अतिरिक्तबाट पाएको थियो । बलिङमा एपीएफका लागि सोनु खड्काले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिइन् ।

यस्तै किफायती बलिङ गरेकी करुणा भण्डारीले ४ ओभरमा १ मेडन राख्दै १० रन मात्र खर्चेर १ विकेट लिइन् । सुमन विष्ट र इन्दु बर्माले पनि समान १ विकेट लिए । इन्दुले ४ ओभरमा १४ रन खर्चिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077